Aamsanchar

बिर्तामोडमा छाला तथा सौन्दर्य सम्बन्धी क्लिनिक सञ्चालनमा 

Author Image
शनिवार, माघ ६, २०८०

बिर्तामोड ।  झापाको बिर्तामोडमा छाला तथा सौन्दर्य सम्बन्धी आरआर पोलिक्लिनिक तथा लुकेटमी स्किन हेयर  क्लिनिक सञ्चालनमा आएको छ ।
बिर्तामोड –४ स्थित भद्रपुर रोडमा सञ्चालनमा आएको पोलिक्लिनिकको उद्घाटन शनिवार (आज) छाला रोग विशेषज्ञ हेयर ट्रान्सप्लान्ट सर्जन डा, मोहन भुसालले गरेका हुन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा। भुसालले आफ्नै निगरानी रहने गरी पोलिक्लिनिक सञ्चालनमा आएको बताएका छन् ।

पोलिक्लिनिकमा शरीरमा हुने दुबी, डावर, पुरानो दाद, शरीर चिलाउने, छाला फुस्रो हुने, कपाल खस्ने, तालु खुइलिने, यौन रोग तथा कुष्ठ रोगको समस्या, डन्डिफोर, अनुहारको चाँयापोतो, बालबालिका र नवजात शिशुको छाला सम्बन्धीलगायत सबै समस्याको उपचार साथै सल्लाह सुझाव दिइने सञ्चालक महेन्द्र राईले जानकारी दिएका छन् ।

त्यस्तै पोलिक्लिनिकमा नयाँ प्रविधिको प्रयोगबाट कपाल रोप्ने र ट्याटु हटाउने कार्य पनि गरिने बताइएको छ ।

पोलिक्लिनिकमा दैनिक प्याथोलोजी ल्याब सेवा, फार्मेसी सेवा साथै छाला सम्बन्धी विशिष्टीकृत सेवाहरुलाई समय अनुसार अगाडि बढाउँदै लगिने पोलिक्लिनिक मेनेजिङ डाइरेक्टर मनिता राईले जानकारी दिइन् ।  पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत कर्मचारी रेणुका श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि डा. भुसाल, उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी समुहकी अध्यक्ष तिलोतमा खत्री, पोलिक्लिनिकका सल्लाहकार अभय भुजेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कनकाई हस्पिटल बिर्तामोडका अध्यक्ष युवराज डाँगी, सञ्चालक किशोर भुजेल, खेमराज बानियाँ, फडिन्द्र चापागाईँ, डा. कमला आचार्य, डा। रोहित पन्जीयारलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सागर रिजालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर