Aamsanchar

तुलसीपुरमा पहिलो पटक थारू संस्कृति तथा खाना प्रदर्शनी

Author Image
आइतवार, माघ ७, २०८०


दाङ – तुलसीपुरमा पहिलो पटक थारू संस्कृति तथा खाना प्रदर्शनी भएको छ । थारू समुदायको परम्परागत खाना , कला, रीतिरिवाज र भेषभुषाको संरक्षण तथा प्रर्वद्धन गर्न शनिबार थारू संस्कृति तथा खाना प्रदर्शनी भएको हो ।

प्रदर्शनी तुलसीपुर उपमहानगरपालिका १२ स्थित पशुपति माविको प्राङ्गणमा भएको थियो । जहाँ तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिकाका विभिन्न ठाउँका थारू समुदायहरूले थारू एकल र समूहगत नृत्य प्रतियोगिता, थारू खानाको प्रदर्शनी, उद्यमीहरूले उत्पादन गरेका सामाग्री प्रदर्शनी गरेका थिए।

थारू कला संस्कृतिको जगेर्ना र खानाहरूको प्रचार प्रसारमा टेवा पुर्‍याउन थारू संस्कृति तथा खाना प्रदर्शनीको आयोजना गरिएको कार्यक्रमका मूल आयोजक समितिका संयोजक भागीराम चौधरीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर