Aamsanchar

झापाका एक जना त्रिभुवन विमानस्थलबाट ७०० ग्राम सुनसहित पक्राउ

Author Image
आइतवार, माघ ७, २०८०


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका खगेन्द्र दर्जी छन् ।

उनी कतारको दोहाबाट हिमालयन एयरलाइन्सबाट काठमाडौं आएका थिए । उनले सुनलाई तरल पदार्थको रूपमा लुकाएर ल्याएको त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयले जनाएको छ ।

भन्सार चेकजाँचका क्रममा उनी आइतबार पक्राउ परेका हुन् । पक्राउ परेका दर्जीमाथि थप अनुसन्धान भइरहेको भन्सार कार्यालयका प्रवक्ता श्रीधर टण्डनले जानकारी दिए । दर्जीले पाइन्टको भित्रि भागमा सुनलाई गालेर ल्याएको खुलेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर