Aamsanchar

महिलाको ह*त्या आराेपमा एक जना पक्राउ, दुबै जना विवाहेतर सम्बन्धमा बस्दै आएका थिए

Author Image
आइतवार, माघ ७, २०८०

काठमाडौं – काठमाडौंको शोभाभगवतीमा महिलाको हत्या गरी भागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आरोपितलाई नियन्त्रणमा लिएको हो ।

भारतको मोतिहारीका पुरुषले तनहुँकी सोफिया मियाँको हत्या गरी भागेको प्रहरीले जनाएको छ ।

यही माघ ३ गते मियाँको शव भेटिएको थियो । ती महिला र पुरुष दुवै विवाहित हुन् । उनीहरू लामो समयदेखि विवाहेतर सम्बन्धमा रहेको खुलेको अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ ।

उनीहरू ‘लिभिङ टुगेदर’मा बस्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीले आरोपितको नाम सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर