![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/biratganar-2.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
विराटनगर । शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएको हो । उक्त अस्पतालको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइराला र मुख्यमन्त्री केदार कार्कीले संयूक्त रूपमा गर्ने प्रदेश सरकारको तयारी छ ।
मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकबाट चालू आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत शैलजा आचार्य हृदय रोग केन्द्र अस्पताल सञ्चालनको घोषणा गरेका थिए । अस्पताल सञ्चालनका लागि चिकित्सक, उपकरण, भौतिक संरचना लगायतका सम्पूर्ण तयारी पूरा भएको प्रदेश स्वास्थ्य मन्त्रालयकि सचिव डा। सुधा देवकोटाले बताइन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता कोइराला, मुख्यमन्त्री कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, गणेशराज कार्कीलगायतले उक्त अस्पताल सञ्चालनका लागि गरिएको तयारीको आइतबार अनुगमन गरेका छन् । उनीहरूले अस्पतालसँगै रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समेत अनुगमन गरेका हुन् । उक्त प्रयोगशालामा नै उक्त अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको आवश्यक स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेको हो । अनुगमनका क्रममा कांग्रेस नेता कोइरालालगायतका व्यक्तिहरूले जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण समेत गराएका थिए ।
अनुगमनपछि कोइरालाले हृदय रोग उपचारका लागि शैलजा आचार्य हृदय रोग केन्द्र उपयुक्त भएको बताएका छन् । उनले यस अस्पतालले काठमाडौं बाहिर बिरामीहरूको हृदय रोगको उपचारको ढोका खुलेको बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका हृदय रोगका बिरामीहरूको उपचार संघीय सरकारको एक लाख र प्रदेश सरकारको एक लाख गरी दुई लाखले निःशुल्क उपचार हुने बताएका हुन् । उनले यो अस्पताल सञ्चालनले कोशी प्रदेशका साथै मधेस प्रदेशका हृदय रोग बिरामीलाई काठमाडौं र भारत धाउनै पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताएका हुन् ।