Aamsanchar

तुम्लिङटारमा ६२ वर्षीया वृद्धाको रहस्यमय मृ*त्यु, तालिम प्राप्त कुकुर सहितको टोली खटाइयाे

Author Image
आइतवार, माघ ७, २०८०

संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ६२ वर्षीया वृद्धाको रहस्यमय मृत्यु भएको छ।

वृद्धा दिलकुमारी घिमिरे रूखले किचेर मृत भेटिएको घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर सहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

कोशी प्रदेश प्रहरी कार्यालयका तालिम प्राप्त कुकुर सहितको टोलीले आइतबार साँझ ६ बजेदेखि अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले बताए। शनिबार बिहान ७ बजे घरनजिकै दाउरा काट्न गएकी घिमिरे मृत अवस्थामा फेला परेकी थिइन्।

रूखले किचेर मृत्यु भएको भनिए पनि रहस्यमय भएको भन्दै परिवारले सत्य तथ्य छानबिन गर्न माग गरेका छन्। घिमिरेलाई अरुण तेस्रोमा कार्यरत मजदुरले मृत अवस्थामा फेला परेपछि स्थानीयलाई खबर गरेका थिए।

घिमिरेको शव जिल्ला अस्पताल संखुवासभामा पोष्टमार्टम गरेपछि आइतबार दाहसंकार गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर