Aamsanchar

महानन्द चोक नजिकै फेला परेको शवको पहिचान भयो, घटना रहस्यमय रहेको प्रहरीको ठहर 

Author Image
सोमवार, माघ ८, २०८०

बिर्तामोड । झापाको अर्जुनधारा –६ महानन्द चोक पश्चिम व्याडमिन्टन कोर्ट नजिकै एक महिलाको शव फेला परेको छ । शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रहरीका अनुसार घटना शंकास्पद भएकाले अनुसन्धानका लागि प्रदेशको टोली कुकुर सहित बिर्तामोड आउदैछ ।
मृतक महिलाको टाउकोमा ढुङ्गाले हिर्काए जस्तो देखिएको छ ।

हाल बिर्तामोड प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ । आज विहान फेला परेको शव बिर्तामोड ५ बस्दै आएकी माया मगरको भएको खुलेको छ । ५० वर्षीय महिलाको टाउकोमा चोट देखिएको बिर्तामोडका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर