Aamsanchar

मेनुका पौडेल इन्डियन आइडलको टप १० मा

Author Image
सोमवार, माघ ८, २०८०

झापा – नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश गरेकी छन् । गएराति प्रशारण भएको श्रृंखलाबाट उनी इन्डियन आइडलको १४ औं संस्करणको टप १० मा प्रवेश गरेकी हुन् ।

गएराति उनले आफ्नो कम्फर्ट जोनबाट बाहिर गएर फास्ट बिटको गीत गाएकी थिइन् । जसको निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए ।

मेनुकाको गायिकीको भारतमा प्रशंसा भइरहेको छ । भोटका आधारमा प्रतिस्पर्धीहरू अगाडि बढ्ने वा शोज छोडेर फर्किने निर्णय हुने गरेको छ ।

भारतीय दिग्गज गायकगायिका तथा अभिनेताहरूले उनको गायकीको तारिफ गरिरहेका छन् । मेनुकाले केही समय अगाडि रिलिज भएको चलचित्र ‘सलार’मा गीत गाउने अवसर पाएकी थिइन् ।

मेनुका नेपाल आइडलबाट टप ११ बाट बाहिरिएकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर