Aamsanchar

सुनसरीमा नक्कली पेस्तोल देखाइ लुटपाट गर्न खोज्‍ने दुईजना पक्राउ

Author Image
सोमवार, माघ ८, २०८०

धरान – सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने उद्देश्यले सर्वसाधारणलाई आतंकित बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

लुटपाटको योजना बनाइरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिनकृष्ण भण्डारीले जानकारी दिए।

पक्राउ पर्नेमा धनकुटा छथर जोरपाटी गाउँपालिका-५ का ३० वर्षीय दावा छिरिङ शेर्पा र मोरङको बिराटनगर महानगरपालिका-१५ का ३५ वर्षीय शिरिस बोहरा रहेको डीएसपी भण्डारीले बताए । पक्राउ परेका बोहोराको साथबाट मेड इन चाइना लेखिएको नक्कली पेस्तोल बरामत गरिएको उनले बताए ।

 

दुबैजनालाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी कानुनी कारवाहीका प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर