![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/InShot_20240123_204924634.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
वीरगन्ज – बारामा ५३ तोला चाँदीसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा गरेको जाँचमा पथलैयाबाट दुई जनालाई पक्राउ गरेको हो ।
बारा प्रहरीले धरान उपमहानगर वडा नम्बर ५ बस्ने गुजराज विक र सुनसरीको इटहरी नगरपालिका बस्ने बद्री विकलाई पक्राउ गरेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेशको ०२–०२७ प १८५१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा फर्जी बिल भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
चाँदीका लकेट २२ थान, औँठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान गरी ५३ तोला चाँदीसहित उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनायो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 59