Aamsanchar

शटर बन्द गरेर काठमाडौं महानगरलाई चाबी बुझाउने व्यवसायीको तयारी

Author Image
बुधवार, माघ १०, २०८०

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले न्युरोड क्षेत्रमा गाडी पार्किङ गर्न नदिएपछि व्यवसायीहरूले शटर बन्द गरेर विरोध जनाएका छन् । महानगरले हिजो बिहानदेखि न्युरोडको कालोपत्र सडकमा पार्किङ गर्न निषेध गरेको थियो । यसकै विरोधमा काठमाण्डौ महानगरपालिकाको वडा नम्बर २२ ,२३ र २४ का व्यवसायीहरूले हिजैदेखि शटर बन्द गरेर आन्दोलन थालेका हुन् । उनीहरुले आज सबै शटर बन्द गरेर महानगरलाई चाबी बुझाउने तयारी गरेका छन् ।

ताम्राकार मोबाइल व्यापार सङ्घका अध्यक्ष गुरुदत्त शर्माले कोरोना महामारीलगायतका कारण व्यवसायबाट पलायन हुन थालेका व्यवसायीहरूलाई हतोत्साही बनाएर महानगरले न्युरोड क्षेत्रमा पार्किङ बन्द गर्ने निर्णय गरेको आरोप लगाउनुभयो ।

महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको छ । महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाण्डौ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ ।

काठमाण्डौ टावरमा ३ सय वटा चार पाङ्ग्रे र ७ सय वडा दुई पाङ्ग्रे गाडी पार्किङ गर्न सकिने महानगरले जनाएको छ । व्यवसायीहरूले भने यो पार्किङ क्षेत्र उपयुक्त नभएको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर