Aamsanchar

गोलबजारकी अनिता र दमकका तागेन्द्र लागूऔषधसहित पक्राउ

Author Image
बुधवार, माघ १०, २०८०

विराटनगर । उदयपुर र झापाबाट लागूऔषध गाँजा र ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो १ बजे उदयपुर कटारी नगरपालिका ३ स्थित बसपार्कबाट इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा ८ किलोग्राम सहित सिरहा गोलबजार नगरपालिका १ की २८ वर्षीया अनिता राईलाई पक्राउ गरेको हो।

यसै गरी हिजै बेलुका ८ बजे झापाको दमक नगरपालिका २ मा अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले २९ वर्षीय तागेन्द्र मगरलाई लागूऔषध ब्राउन सुगर ५ सय मिलिग्राम सहित घरैबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर