Aamsanchar

अज्ञात समूहद्वारा हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी

Author Image
बुधवार, माघ १०, २०८०

रौतहट । रौतहटको ईशनाथ नगरपालिकास्थित एक विद्यालयमा रहेको हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको छ । ईशनाथ ५ जटहाराटोलस्थित सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालय नजिक रहेको ब्रहमस्थानमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गरेकी छन्। कसैले पराल राखेर दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको र छानबिन सुरु गरिएको प्रवक्ता गिरीले जानकारी दिइन् ।
स्थानीयवासीले सामाजिक सदभाव बिगार्न यस्ता अराजक गतिविधि गरिएको आरोप लगाएका छन् । उनीहरुले दोषीलाई खोजतलास गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । आगजनीबाट क्षतिग्रस्त हनुमानजीको मूर्ति २५ वर्षअघि भारतको राजधानी दिल्लीबाट ल्याएर स्थापना गरिएको स्थानीयले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर