Aamsanchar

पत्रकार महासंघ कास्कीले पाँचजना पत्रकारलाई पुरस्कृत गर्ने

Author Image
बुधवार, माघ १०, २०८०


पर्वत – नेपाल पत्रकार महासंघ कास्कीले पाँचजना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ।

पत्रकारहरू कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारीलाई सम्मान गर्न लागिएको हो। छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मङ्गलवारको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए।

महासङ्घ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने र २०८० बाट ओम हमाल सम्मानित हुन लागेका हुन्। टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई प्रदान गरिनेछ। जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत हुन लगेकी हुन्।

पुरस्कृत पत्रकारहरूलाई माघ १२ गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा सम्मान गरिने महासङ्घ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर