Aamsanchar

जनमतमा राजनीतिक संस्कार देखिएन : पूर्ण बस्नेत

Author Image
बुधवार, माघ १०, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनमत पार्टीमा राजनीतिक संस्कार नदेखिएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले जनमतका अध्यक्ष चन्द्रकान्त राउतलाई पाखण्डीको आरोप समेत लगाएका छन् ।

बस्नेतले भने, जनमत पार्टी सत्तासाझेदार भएपछि मधेस र मधेसी जनताका लागि राम्रो काम हुन्छ भन्ने थियो । तर जनमतले निर्वाचनका बेला होस् या निर्वाचन सम्पन्न भएपछि होस् । सरकारमा सहभागी हुँदा होस् या प्रतिपक्ष रहँदा होस्, कुनै पनि बेला राजनीतिक संस्कार देखाउन सकेन ।
चन्द्रकान्त राउतले उपेन्द्र यादवलाई सार्वजनिक रुपमा आफ्नो नेताको रुपमा आदर र सम्मान गरेका थिए । तर त्यो सम्मान र आदर देखावटी रहेछ भनेर आज पुष्टि भयो । उनी पाखण्डी देखिए, बस्नेतले लेखेका छन् ।

आफ्नो पूर्व निर्वाचन क्षेत्रका जनतासँग गरेका प्रतिबद्धता पुरा गर्न अध्यक्ष यादव जिम्मेवारपूर्ण ढंगले लाग्नु भएको हो, जनमतले यस कार्यलाई सकारात्मक रुपमा लिन सकेन ।

मधेस कृषि विश्वविद्यालय शिलान्यासको प्रमुख अतिथि कसलाई बनाउने भन्ने निर्णय विश्वविद्यालयले गरेको थियो सोही अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथिको सहभागी मात्र हुनु भएको हो । जनमत पार्टी उत्तेजना, आवेग र उदण्डता देखाउन उद्दत रहेको बस्नेतको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर