Aamsanchar

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी श्रेष्ठ पक्राउ

Author Image
बिहिवार, माघ ११, २०८०

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३१ वर्षीय अशोक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७९ चैत २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र ७ लाख रूपैयाँ जरीवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर