Aamsanchar

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं बसन्तपुरका एक व्यक्ति पक्राउ

Author Image
बिहिवार, माघ ११, २०८०

काठमाडौं। क्रोएसिया पठाइदिन्छु भन्दै १ लाख ४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ बसन्तपुर बस्ने ३५ वर्षीय बिशाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२८ बागबजारबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर