Aamsanchar

जोगबनी–धरान–धनकुटा सडक किनार ६/६ मिटरभित्रका स्थायी संरचना हटाउन निर्देशन

Author Image
शुक्रवार, माघ १२, २०८०

झापा – विराटनगर–इटहरी–धरान सडक योजना इटहरी, सुनसरीले उक्त सडकखण्डका ६/६ मिटर दयाँरबायाँ स्थायी संरचना निर्माण भएको भन्दै हटाउन निर्देशन दिएको छ ।

सार्वजनिक सडक ऐन २०३१ को दफा ३ क.९१० अनुसार तोकिएको सडक सीमाबाट ६/६ मिटर नबढ्ने गरी उक्त फासलाभित्र पर्खालबाहेक अन्य कुनै किसिमको स्थायी संरचना निर्माण गर्न नपाइने आयोजनाले जनाएको छ ।

सरकारले २०५४ मा दुहवी बजारको उत्तरतर्फ दुहवी–इनरुवा सडकको जोगबनी–धरान–धनकुटा राजमार्गसँगको क्रसिङदेखि दक्षिणतर्फ लुनकरण दास अस्पताल जानेबाटाको क्रसिङसम्म ६३० मिटरसम्म जोगबनी–धरान–धनकुटा राजमार्गको केन्द्र रेखादेखि दायाँ बाँया २७/२७ फिट सडक सीमा कायम गरेको आयोजनाले जनाएको छ ।

“सीमापछिको ६/६ मिटरभित्र सार्वजनिक सडक ऐनको व्यवस्था प्रतिकूल स्थायी संरचना निर्माण भएको पाइएकाले त्यस्ता संरचना यो सूचना प्रकाशित मितिले ३५ दिनभित्र हटाउनुहुन अनुरोध छ,” सार्वजनिक सूचनामा उल्लेख छ, “उक्त अवधिभित्र तोकिएको फासलाभित्रका संरचना सम्बन्धित व्यक्ति वा संस्थाले नहटाएमा सार्वजनिक सडक ऐन २०३१ को व्यवस्था बमोजिम सडक विभागबाट भत्काई थप कारबाही गरिनेछ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर