Aamsanchar

ग्याङफाइट हुँदा २२ वर्षीय युवकको ज्यान गयाे

Author Image
शुक्रवार, माघ १२, २०८०

पोखरा – म्याग्दीको बेनीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु भएको छ । बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको हो । युवाहरुबिच झगडा हुँदा एक्कासी खुकुरीले छातीमा प्रहार गरेपछि गर्बुजा घाइते भएका थिए । उपचारका लागि बेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका म्याग्दीका प्रहरी प्रमुख नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

गर्वुजाको टाउको र छात्तिमा चोट लागेको थियो । थप दुईजना घाइते छन् । उनीहरुको बेनीमै उपचार भैरहेको कुवँरले बताए । उनीहरुलाई ८/१० जनाको समूहले चक्कु प्रहार गरेका बताइएको छ ।

घटनामा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । कारण खुल्न सकेको छैन । अनुसन्धान भैरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर