Aamsanchar

रोटरी क्लबका २० वटा शाखाको आयोजनामा ‘सानो हृदय ठुलो हेरचाह’ शीर्षकमा अन्तरक्रिया सम्पन्न

Author Image
शनिवार, माघ १३, २०८०

बिर्तामोड । रोटरी इन्टर नेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान रिजन ७ अन्तर्गतका रोटरी  क्लबहरूको आयोजनामा पाँचौं इन्टर सिटी मिटिङ झापाको बिर्तामोड स्थित होटल द किंस वेरीमा सम्पन्न भएको छ ।
आज (शुक्रबार) आयोजना भएको मिटिङमा ‘सानो हृदय ठुलो हेरचाह‘ शीर्षकमा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया पनि गरिएको थियो । विशेष गरि मुटु सम्बन्धी रोगको बारेमा अन्तरक्रियामा चर्चा परिचर्चा भएको थियो ।
अन्तरक्रियामा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र डा. जयमनी श्रेष्ठले सहजीकरण गरेका थिए ।

मुख्य सहजकर्ताको रुपमा उपस्थित डा. कोइरालाले मुटु बचाउन व्यक्तिले ध्यान दिनु पर्ने कुरा र मुटु रोग उपचारको लागि विज्ञानले विकास गरेको उपकरण र उपचार पद्धतिको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए ।

डा. कोइरालाले मुटु परिवर्तन गर्ने उपचार पद्धति बाहेक विश्वमा उपलब्ध हुने सबै उपकरणको प्रयोगबाट नेपालमा उपचार सम्भव भइसकेको बताए ।

५ हजार बालकबालिकासहित १९ हजार  मुटु रोगीहरूको शल्यक्रियालगायतको उपचार गरिसकेको बताइएका डा. कोइरालाले सहभागीहरू मध्ये १९ जनाले राखेको मुटु रोग सम्बन्धी जिज्ञासाहरूलाई सम्बोधन गर्दै सुझाव सहित समाधानका विधिहरू सिकाएका थिए ।

कार्यक्रमको औपचारिक उद्घाटन पिडिजी वासुदेव गोल्यानले गरेका थिए । एजी रविन श्रेष्ठले स्वागत गरेका थिए भने उद्घाटन सत्रमा कार्यक्रमको औचित्यमाथि बारे आईसीएम चियर अमित गिरीले जानकारी गराएका थिए ।

दोस्रो चरणको कार्यक्रम प्राविधिक सत्रमा, वक्ता परिचय रोटरी क्लब अफ बिर्तामोड मिड टाउनका अध्यक्ष सिद्धार्थ नवीन उप्रेतीले गराएका थिए ।  त्यसैगरी तेस्रो सत्रको समापन कार्यक्रममा पिडिजी सन्तोष प्रसाद रिजाल र  पिडिजी सञ्जय गिरीले टिप्पणी गरेका थिए ।

कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य रोटरी क्लब अफ बिर्तामोडकी अध्यक्ष बविता गिरीले राखेकी थिइन ।

कार्यक्रमको पहिलो र तेस्रो चरणमा सुजन प्रधानले र दोस्रो चरणको कार्यक्रम डा. सन्ध्या राठीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा करिव सयजना भन्दा धेरैको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर