Aamsanchar

अहिलेका इन्जिनियरहरू ६० प्रतिशत कमिसन दिन्छु, डीपीआरको काम दिनु भन्दै मागेर बेलुका टुच्च लगाएर भ्रष्टाचारी नेता मरी जा भन्छन : मुख्यमन्त्री कार्की

Author Image
शनिवार, माघ १३, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इन्जिनियरिङको इतिहास मात्रै पढ्ने इन्जिनियरले समाज बदल्न नसक्ने बताएका छन्। नेपाल इन्जिनियर एशोसिएसन कोशी प्रदेशको कार्यालय भवन शनिबार उद्घाटन पछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इन्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इन्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको बताएका हुन्।

‘जनतालाई घर, पुल, कम्प्युटर सेवा कस्तो दिने किनकी अहिले सर्वसाधारणको दैनिकी नै इन्जिनियरको हातमा छ तर त्यो दिन सकेका छौं,’ उनले भने, ‘इन्जिनियरिङ इतिहास मात्रै पढ्ने इन्जिनियरले समाज बदल्न सक्दैन। त्यसैले कसैले गरेको अभ्यासले बनेको इतिहासले राम्रो र फरक इन्जिनियर बन्न सक्दैन।’

नेपालको शिक्षा कमजोर छैन त्यसैले गुगल, फेसबुक, नासालगायतका संसारभरका कम्पनीमा नेपाली प्राविधिकहरूले योगदान गरिरहेको मुख्यमन्त्री कार्कीले बताएका छन्। कोशीका प्राविधिक जनशक्ति संसारभर उच्च मूल्यमा बिक्री गर्न अब प्रयोगात्मक अभ्यासमा केन्द्रित भएर अध्ययन गर्नु आवश्यक छ, उनले भने, प्रदेशमा भइरहेको विकास निर्माण कामको गुणस्तरीय परीक्षण गरेर इन्जिनियरहरूले प्रयोगात्मक अध्ययन सुरु गरौँ।

प्रदेश सरकारबाट पैसा माग्न आएका विद्यार्थीलाई भौतिक निर्माण कार्यको गुणस्तरीय परीक्षण गरेर रिपोर्ट दिई प्रयोगात्मक अभ्यास गर्न आग्रह गरेको मुख्यमन्त्री कार्कीको भनाइ थियो। तुइन मैत्री प्रदेश निर्माणमा इन्जिनियर पढ्ने विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गरेर इन्जिनियरिङ विधामा नयाँ नमूना प्रस्तुत गरौँ त्यसको लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ, उनले भने,  अहिलेका इन्जिनियरहरू कार्यालय प्रमुख कहाँ गएर ६० प्रतिशत कमिसन दिन्छु, डीपीआरको काम दिनु भन्दै मागेर त्यसबाट भएको फाइदाले बेलुका टुच्च लगाएर भ्रष्टाचारी नेता मरी जा ! भनेर समाजिक सञ्जालमा लेख्छन्। के यस्तै इन्जिनियरले समाज परिवर्तन गर्न सक्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर