Aamsanchar

संखुवासभामा हिमपात

Author Image
शनिवार, माघ १३, २०८०

संखुवासभा – संखुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित भएको छ। शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षासँगै अहिले हिउँ परिरहेको छ।

उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ। हिमपातले उत्तरी क्षेत्रका किमाथाङ्का नाका, मकालु आधार शिविर, तीनजुरे, गुफापोखरी, मंगलबारे, क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन्।

बाक्लो हिमपात भएकाले जनजीवन कष्टकर भएको छ। अहिले पनि त्यस क्षेत्रमा हल्का वर्षा भइरहेकाले हिउँ पर्ने क्रम जारी रहेको स्थानीयको भनाइ छ। हिउँ परेपछि उच्च हिमाली क्षेत्रमा चिसो अत्यधिक बढेको छ।

चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका छन् भने सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर