काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी (गितेन्द्रबाबु) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
राईविरुद्ध शुक्रबार डिफ्युजन नोटिस जारी भएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय कास्कीले राइविरुद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई गत पुस ५ गते पत्राचार गरेकोमा शुक्रबार डिफ्युजन नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ।
डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनको खोजी गर्ने र फेला परेको बेला नेपाल फर्काउने प्रक्रिया सुरु गर्नेछन्। सहकारीको रकम हिनामिना गरेको प्रकरणमा जीबी राईसहित एक दर्जन व्यक्ति फरार छन्।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 104