Aamsanchar

आज यस वर्षकै धेरै जाडो

Author Image
आइतवार, माघ १४, २०८०

काठमाण्डौ – काठमाण्डौमा आज यस वर्षकै धेरै जाडो भएको छ । बिहान पौने नौ बजेको तथ्याङ्क अनुसार काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन भएको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्रीसम्म झरेको थियो ।

मौसम पूर्वानुमान् महाशाखाले हरेक बिहान पौने नौ बजे र बेलुका पौने ६ बजे न्यूनतम तथा अधिकतम तापक्रम निर्धारण गर्छ । न्यूनतम तापक्रम जति घट्यो चिसो त्यत्ति नै बढ्छ ।

मौसमविद् झाका अनुसार काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम पनि घट्ने क्रममा छ । आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने मौसम पूर्वानुमान् महाशाखाको अनुमान छ । हिजो अधिकतम तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियस थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर