Aamsanchar

माेरङ : औषधी सेवन अभियान सुरु गरेको १२ वर्षपछि हात्तीपाइले रोग निवारण

Author Image
आइतवार, माघ १४, २०८०

विराटनगर- मोरङमा हात्तीपाइले रोग निवारण भएको छ । रोग निवारण गर्ने उद्देश्य राखेर औषधी सेवन अभियान सुरु गरेको १२ वर्षपछि जिल्लाबाट हात्तीपाइले रोग निवारण भएको हो ।

पाँच वर्षसम्म नियमित औषधी सेवन गराएर रोग निवारण गर्ने लक्ष्य लिएको सरकारलाई मोरङमा हात्तीपाइले निवारण गर्न १२ वर्ष लागेको हो । रोग निवारणका लागि नियमितरुपमा औषधी सेवन अभियान सञ्चालन गरेका कराण रोग निवारणको उपलब्धी हासिल गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयले एक महिनाअघि जोखिमपूर्ण क्षेत्रहरुबाट रगतको नमूना सङ्कलन गरी परीक्षण गर्दा हात्तीपाइलेको जीवाणु एक प्रतिशतभन्दा कममा पाइएको थियो । हात्तीपाइलेको जीवाणु एक प्रतिशतभन्दा कम हुनुलाई रोग निवारण भएको मानिने भएकाले यस वर्षदेखि जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी नखुवाइने जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

मोरङका रोग प्रभावित विभिन्न छ स्थानबाट स्याम्पल टेस्ट ९नमूना परीक्षण० गर्दा रोगको जीवाणु फेला नपरेपछि निवारण भएको निष्कर्ष निकालिएको हो । ती ठाउँहरुबाट एक हजार आठ सयभन्दा बढी स्याम्पल सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा हात्तीपाइले रोगको जीवाणु एक प्रतिशतभन्दा कममा मात्र पाइएको थियो ।

एक प्रतिशतभन्दा कम सङ्ख्यामा जीवाणु पाइनु जनस्वास्थको दृष्टिकोणले समस्याको रुपमा नलिइने गरेको स्वास्थय कार्यलय प्रमुख सुरेश मेहताले जानकारी दिनुभयो । पछिल्लो दुई वर्ष राम्रो सहकार्य गरी औषधी सेवन गराउन सकेकै कारण निवारण सम्भव भएको मेहताले जानकारी दिनुभयो ।

सरकारले २०६९ सालदेखि नेपालमा हात्तीपाइले रोगको औषधी खुवाउन थालेयता मोरङमा अघिल्लो वर्षसम्म नियमितरुपमा औषधी सेवन गराइएको थियो । जनस्वास्थ्य कार्यालयका प्रमुख मेहताले अब औषधी सेवन गर्नुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो । उहाँले पुस १७ गतेदेखि एक सातासम्म नियमित सर्वेक्षण गरेको बताउनुभयो ।

विगत दुई वर्षदेखि हात्तीपाइले मुक्त जिल्ला बनाउने प्रयास गरिरहेको भए पनि यस पटक मात्र त्यो उपलब्धी हासिल गरेको उहाँले बताउनुभयो । हात्तीपाइलेबाट गरिब, विपन्न र सीमान्तकृत समुदायका व्यक्तिहरु बढी प्रभावित थिए ।

लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जीवाणु सङ्क्रमण हुन भए पनि यो भाइरस जस्तो व्यापक नफैलिने विशेषता भने नहुने तर जोखिम हुने भएकोले सधैँ रोगको सङ्क्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु पर्ने मेहताले बताउनुभयो । उहाँले लामखुट्टेको प्रकोप नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो ।

गएको वर्ष मोरङमा ८६ प्रतिशत व्यक्तिहरुलाई हात्तीपाइले रोगको औषधी खुवाइएको थियो । सुरुवाती वर्षहरुमा त्रासका कारण अधिकांश मानिसले हात्तीपाइले रोगको औषधी सेवन गरेका थिएनन् । औषधी खुवाउने अभियान पूर्णरुपमा सफल बनाउन नसक्दा मोरङमा ११ वर्षसम्म नियमित औषधि खुवाउनु परेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)