Aamsanchar

एक हप्ता अघि अर्जुनधारा महानन्द चोकमा भएको महिला ह*त्या अभियोगमा बिर्तामोडका प्रसाईँ पक्राउ 

Author Image
आइतवार, माघ १४, २०८०

बिर्तामोड । अर्जुनधारा-६ मा एकसाता अघि महिलाको हत्या गरेको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका- ८ का चन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आइतबार पत्रकार सम्मेलन गरेर अभियुक्त प्रसाईलाई सार्वजनिक गरेको हो । गत आइतबार राती इलामको माई नगरपालिका-१ घर भई बिर्तामोडमा अस्थाई बसोवास गर्दै आएकी ५० बर्षिया माया पुलामी मगरको हत्या भएको अवस्थामा शब फेला परेको थियो । हत्यापछि प्रहरीले गरेको अनुसंधानका क्रममा प्रसाईं पक्राउ परेक हुन् ।

घटनाको अनुसंधानका लागि प्रहरीले तालिम प्राप्त कुकुर तथा प्रहरीका हरेक सुचना संयन्त्र प्रयोग गरेको जनाएको छ । अभियुक्तमाथि ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीका अनुसार अभियुक्त प्रसाईं बिर्तामोडमा ज्याला मजदुरी गर्ने काम गर्दै आएका थिए ।

प्रसाईं र मगरबीच केही समय यता शारीरिक सम्बन्ध हुँदै आएको पाईएको कार्कीले बताए । शारीरिक सम्बन्धपछि प्रसाईले बिवाह गरौ भनेर प्रस्ताव राख्दा मगरले अस्विकार गरेपछि बिवाद उत्पन्न भएको उनले बताए । बिवादका क्रममा मगरले प्रसाईको आँखा घोचिदिएको र रिसको आवेशमा मगरले नजिकैबाट ढुङ्गा टिपेर हान्दा मगरको घटनास्थलमै निधन भएको अभियुक्तले बयान दिएको कार्कीले जानकारी दिए ।

भिडियो पनि हेर्नुहोस ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर