Aamsanchar

बाल्टिनको पानीमा डुबेर १८ महिने बालककाे ज्यान गयाे

Author Image
सोमवार, माघ १५, २०८०

कालिकोट – कालिकोटमा बाल्टिनको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । रास्कोट नगरपालिका-९ बालुखेत बस्ने देवराज उपाध्यायको १८ महिनाको छोरा होमराज उपाध्यायको शौचालयमा राखिएको बाल्टिनको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो ।

डुबेर अशक्त भएका उनको रास्कोट नगर अस्पताल गौतुकोटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर