Aamsanchar

देशभरका सबै सरकारी कार्यालय आजदेखि बेलुका ५ बजेसम्म नै खुल्ने

Author Image
मङ्गलवार, माघ १६, २०८०

काठमाणडौ – देशभरका सबै सरकारी कार्यालयहरु आजदेखि फेरि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै सञ्चालन हुँदैछन् । यसअघि गएको कात्तिक १६ गतेदेखि बिहान १० बजेदेखि सरकारी कार्यालय बेलुका ४ बजेसम्म मात्रै खुल्ने व्यवस्था थियो ।

हिउँदमा दिन छोटो हुने भएकाले यस अवधिमा कार्यालय समय एक घण्टा घटाइएको हो । यो व्यवस्था नेपाल राजपत्रमै उल्लेख छ । यस्तै, शुक्रवारका दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहने गृह मन्त्रालयले जनाएको छ ।

सरकारले दिउँसो साढे १ देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर