Aamsanchar

लिफ्टिङ गरी तमोर नदीबाट धनकुटामा खानेपानी पुर्याइँदै

Author Image
मङ्गलवार, माघ १६, २०८०

धनकुटा –तमोर नदीबाट खानेपानी लिफ्टिङ गरी ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्याउने गरी काम भइरहेको छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा पानी लैजान जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत काम भइरहेको हो ।

योजना अन्तर्गत ७० किलोमिटर पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपानी ट्याङ्की र चारवटा सुरक्षा भवनको काम सकिएको छ ।

सङ्घीय सरकारको १६ करोड २३ लाखको लागतमा तमोर नदीबाट १४ किलोमिटर खानेपानी लिफ्टिङ पूर्वाधारको काम भइरहेको र एक हजार दुई सय ९५ घरधुरी लाभान्वित हुने आयोजनाका अध्यक्ष विष्णु भुजेलले जानकारी दिनुभयो । आयोजनाबाट सबैभन्दा धेरै ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्नेछ ।

खानेपानीको समस्याका कारण बसाइँसराइ बढेको हुँदा आयोजना सम्पन्न भएपछि बसाइँ सर्नेक्रम रोकिने अपेक्षा गरिएको वडा ४ का सचिव शङ्कर ओझाले बताउनुभयो । २०७९ माघबाट दुई वर्षमा आयोजना पूरा हुनेगरी भद्रपुर झापाको एसएल सिद्धकाली जेभीले ठेक्का पाएको छ ।

अहिलेसम्म ४० प्रतिशत आयोजनाको काम पूरा भएको कम्पनीका सञ्चालक गुणराज अधिकारीले जानकारी दिनुभयो । समयमा बजेट उपलब्ध भए आउँदो असार मसान्तसम्म काम सकेर साउन–भदौदेखि खानेपानीको परीक्षण शुरु गर्ने पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर