Aamsanchar

ल्होछार पर्वमा चारदिन सार्वजनिक बिदाको माग 

Author Image
मङ्गलवार, माघ १६, २०८०

चारआली । तामाङ, गुरुङ, मगर र शेर्पा जातीले फरक फरक समयमा मनाउँदै आएको ल्होछार पर्व झापाको मेचीनगरमा भने संयुक्त रुपमा मनाइने भएको छ ।
बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्षको रुपमा मनाइने ल्होछार पर्व आगामी माघ २० गते शनिबार चारवटा जातीले चारआलीमा विविध सांस्कृतिक  कार्यक्रम गरि मनाइने आयोजक संयुक्त ल्होछार (डुुग ल्हो) समितिका अध्यक्ष फुर्वा लामाले बताए ।

यस अघि मेचीनगर १३ भित्र रहेका तामाङ, गुरुङ, मगर र शेर्पा जातीले फरक फरक समयमा मनाउँदै आएको ल्होछार यस वर्ष संयुक्त रुपमा मनाइने बताउँदै उनले यस कार्यले समाजमा एकताको सन्देश प्रवाह गर्ने जनाए । चारवटा जातीले मनाउने ल्होछारको अवसरमा सरकारले एक एक दिन सार्वजनिक बिदा दिदै आएको र उक्त विदाले पर्व मनाएको अनुभूति सम्म नहुने गरेकोले वर्ष भरीमा दिइने ल्होछार विदालाई एक मुष्ठ चार दिन विदा दिनुु पर्ने उनले माग गरे ।

चारआली इलाम रोडको पुरानो गुम्बामा आयोजना हुने ल्होछारमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुतिसहित चारवटा जातीका जातीय सांस्कृतिक कार्यक्रम गरिने आयोजक समितिका सदस्य सोनाम तामाङले बताए । सोही कार्यक्रममा चारवटा जातीका खानाका परिकार सहितको खाना महोत्सव समेत गरिने उनले बताए ।

आज चारआलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सहभागी मानबहादुर तामाङ, कुमार राना मगर, छिरिङ शेर्पा, आङदिकु शेर्पा, सीता गुरुङ, तिलक गुरुङलगायतले संयुक्त रुपमा ल्होछार मनाइने बताउँदै चारआलीबाट एकताको सन्देश दिने जनाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर