Aamsanchar

सरकारी कार्यालय खुला रहने समय परिवर्तन

Author Image
मङ्गलवार, माघ १६, २०८०

काठमाडौ । देशभरका सम्पूर्ण सरकारी कार्यालय मंगलबारदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले नेपाल राजपत्रमा २०७९ साल चैत २ गते सूचना प्रकाशित गर्दै माघ १६ गतेदेखि अपराह्न ५ बजेसम्म सरकारी कार्यालय सञ्चालन हुने जनाएको थियो ।

यसैगरी गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म भने सरकारले बिहान १० देखि अपराह्न ४ बजेसम्म कार्यालय समय तोकेको थियो भने वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुने जनाएको हो ।

गृहमन्त्रालयका अनुसार शुक्रबारका दिन भने बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुला रहने जनाएको छ । साथै सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय पनि निर्धारण गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर