Aamsanchar

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा किसानकाे तालाबन्दी

Author Image
मङ्गलवार, माघ १६, २०८०

मकवानपुर –प्रदेश सरकारले दिँदै आएको अनुदान कटौती गरिएको र ‘मिल्क होलिडे’ समस्या समाधानमा चासो नदेखाएको भन्दै बागमती प्रदेशका दुग्ध उत्पादक किसान आन्दोलित भएका छन् । आन्दोलित किसानले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडामा  तालाबन्दी गरेका छन् ।

प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई अनुदानबापत यसअघि ३० करोड रुपैयाँ विनियोजन गरेकोमा घटाएर ५ करोड रुपैयाँ छुट्याएको छ । दुग्ध उत्पादक किसानलाई स्थानीय तहले नै अनुदान दिँदै आएको भन्दै दोहोरो अनुदान रोक्न प्रदेश सरकारले कार्यविधि बनाएर बजेटसमेत कटौती गरेपछि किसान आन्दोलित भएका हुन् ।
कतिपय स्थानीय तहले दुग्ध उत्पादक किसानका लागि अनुदानको व्यवस्था नगरेका कारण त्यस्ता किसान मारमा परेको भन्दै आन्दोलन थालिएको हो । उनीहरुले मिल्क होलिडे अन्त्यका लागि समेत प्रदेश सरकारले चासो नदिएको आरोप लगाउँदै आएका छन् ।

आन्दोलित किसानका अनुसार मकवानपुर र चितवनका विभिन्न पालिकाले किसानलाई दुग्ध उत्पादनबापत अनुदानको व्यवस्था गरेका छैनन् । प्रदेश सरकारले पनि अनुदान रोक्ने र स्थानीय तहले पनि अनुदानको व्यवस्था नगरेका कारण आफूहरु मर्कामा परेको आन्दोलित किसानको गुनासो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर