Aamsanchar

माैसम पुर्वानुमान : आज र भाेली पानी पर्ने सम्भावना

Author Image
बुधवार, माघ १७, २०८०

काठमाडौं – पश्चिमी वायुको प्रभावका कारण आज र भोलि पानी पर्ने भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमका भूभागबाट पानी पर्न शुरू हुनेछ।

यो वर्ष हिउँदमा हालसम्म पानी पर्न सकेको छैन। माघको तेस्रो सातामा आइपुग्दा पश्चिमी वायु देशको पश्चिमी भू(भागबाट प्रवेश गरेको हो।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर