Aamsanchar

तेह्रथुममा रुखले किचेर एकजनाको मृ*त्यु

Author Image
बुधवार, माघ १७, २०८०

तेह्रथुम- रुखले किचेर एकजनाको मृत्यु भएको छ ।

म्याङलुङ नगरपालिका–६, निरौला गाँउ बस्ने ५३ वर्षीय डिल्लीप्रसाद निरौलाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो आफ्नै बारीमा रहेको उत्तीसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाउकोमा लागेर गम्भीर घाइते भएका थिए ।

उनको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर