Aamsanchar

पूर्वमन्त्री पौडेलको बसको ठक्करबाट ज्यान गयो

Author Image
बुधवार, माघ १७, २०८०

नवलपुर- नवलपुरमा बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको ६३ वर्षको उमेरमा निधन भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैँडाकोटतर्फ आउँदैगरेको ग १ ख ८५४७ नम्बरको बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल चलाइरहेको पौडेललाई घाइते बनाएको थियो । पौडेललाई तत्काल उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिनुभयो ।

उहाँ चितवन भरतपुर महानगरपालिका–१७ बेलुवाका स्थायी बासिन्दा हुनुहुन्छ । पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्नुभएको थियो । उहाँ कांग्रेसको महासमिति सदस्यसमेत हुनुहुन्थ्यो ।

बसचालक लमजुङ राइनस नगरपालिका–२ बराङखोलाका २६ वर्षीय विष्णुबहादुर कामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर