Aamsanchar

बीपी प्रतिष्ठान धरानका कामु उपकुलपतिलाई कालोमोसो दल्न खोज्ने विरुद्ध अभद्र व्यवहारको मुद्दा

Author Image
बुधवार, माघ १७, २०८०

धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कामु उपकुलपति डा. प्रल्हाद कार्कीलाई कालोमोसो दल्ने प्रयास गरी दुर्व्यहार गर्ने मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको भातृ संगठन क्रान्तिकारी युवा संगठन नेपालका तीन कार्यकर्ताविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

इलाका प्रहरी कार्यालय धरानले बुधबार अभद्र व्यवहारको मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविनकृष्ण भण्डारीले जानकारी दिएका छन्।

मंगलाबार डाक्टर कार्कीलाई भिमबहादुर सार्की, शेरबहादुर कटवाल (उदयपुर) र खेमबहादुर थापा (ताप्लेजुङ)ले कार्यकक्षमा कालोमोसो दल्ने प्रयास गरेका थिए। प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गरी नियन्त्रणमा लिएको थियो। जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेपछि उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।

उपकुलपति कार्कीले प्रतिष्ठान सञ्चालन गर्न नसकेको र यहाँको स्वास्थ्य सेवा सुधार नगरेको भन्दै उनलाई कालोमोसो दलेर जनकारबाही गरिएको पक्राउ परेका संगठनका कोशी प्रदेश उपाध्यक्ष सार्कीले बताए। सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले कानुन विपरीत काम गर्ने जोकोहीलाई पनि प्रहरीले पक्राउ गरी कारबाही गर्ने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)