Aamsanchar

नेपालद्वारा बंगलादेशसामु १७० रनको लक्ष्य प्रस्तुत

Author Image
बुधवार, माघ १७, २०८०

काठमाडौं – नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ। आइसीसी यु-१९ विश्वकपको सुपर सिक्सअन्तर्गत दक्षिण अफ्रिकामा जारी खेलमा नेपाल १ बल अगावै अलआट हुँदै १६९ रन बनाएको हो।

नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए। त्यस्तै कप्तान देव खनालले ३५ र अर्जुन कुमालले १४ रन बनाउँदा विपिन रावलले २, आकाश त्रिपाठीले ३, गुल्शन झाले ३, दीपक बोहोराले ३, दुर्गेश गुप्ता ९ र आकाश चन्द शून्य रनमै पेभेलियन फर्किएका थिए। सुवास भण्डारी भने १८ रनमा अविजित रहे।

नेपालले अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा स्थान बनाएको थियो। सुपर सिक्समा नेपालको खेल औपचारिकमात्र हुने भएको छ। यस समूहबाट भारत र पाकिस्तान सेमिफाइनल यात्रा सुनिश्चत गरेका छन्। नेपालले अर्को खेल शुक्रबार भारतसँग खेल्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर