Aamsanchar

आजको माैसम

Author Image
बिहिवार, माघ १८, २०८०

काठमाण्डौ – सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले हिजोदेखि नै ती ठाउँमा हल्का पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरुमा, कर्णाली प्रदेशका थोरै ठाउँहरुमा र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा फाटफुटदेखि हल्का पानी परिरहेको छ।

आज गण्डकी, बाग्मती र कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा पनि फाटफुट पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताउनुुभयो । काठमाण्डौमा पनि फाटफुट पानी पर्न सक्ने उहाँको भनाइ छ । तर मधेश प्रदेश र कोशी प्रदेशका तराई भेगमा भने तत्काल पानी पर्ने सम्भावना नदेखिएको उहाँले बताउनुभयो ।

अस्ति पश्चिमबाट भित्रिएको पश्चिमी वायुको प्रभाव आज रातिसम्म रहने र फेरि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको पनि उहाँको भनाइ छ । मध्य तथा पूर्वी तराईका थोरै ठाउँहरुमा बिहानपख हुस्सु लागेको र दिउँसोपछि धेरै ठाउँमा हुस्सु हट्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर