![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/New-Project-8.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
सोलुखुम्बु– हिमाली जिल्ला सोलुखुम्बुका चार वटा पालिकासहित १८ वटा सरकारी कार्यालयहरु निमित्तको भरमा सञ्चालन भइरहेका छन् । जिल्ला सदरमुकाममा रहेका १२ वटा, सदरमुकाम बाहिरका दुई वटा सरकारी अड्डा र चार वटा पालिकाका कार्यालय प्रमुख विहीन भएका हुन् ।
निमित्तको भरका रहेका पालिकाहरुमा थुलुङ दुधकोशी गाउँपालिका, माप्यदुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र नेचासल्यान गाउँपालिका रहेका छन् । अन्य कार्यालयहरुमा जिल्ला हुलाक कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मालपोत कार्यालय, कारागार कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र र घरेलु तथा साना उद्योग कार्यालय रहेका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
यस्तै नेपाल टेलिकम, नेपाल खाद्य तथा व्यापार कम्पनी, नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लु, खानेपानी तथा सरसफाइ कार्यालय, सीमा प्रशासन कार्यालय नाम्चे र इलाका प्रशासन कार्यालय सोताङ रहेका छन्। कार्यालयहरुमा अधिकृत नहुँदा दैनिक कार्यसम्पादन समेत प्र्रभावित हुने गरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो । निमित्तलाई पूर्र्ण आर्थिक अधिकार नहुने भएकाले कार्यसम्पादनमा समस्या हुने गरेको उहाँको भनाइ छ ।