Aamsanchar

बिपद उद्धार तथा मानव अधिकारको संरक्षण गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न कोशी प्रदेश प्रहरी प्रमुखको निर्देशन

Author Image
बिहिवार, माघ १८, २०८०

बिराटनगर- कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई बिपदको समयमा तत्काल परिचालन भई बिपद उद्धार तथा मानव अधिकारको संरक्षण गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न तथा सदैव उद्धार सामग्री सहित परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।
साथै उहाँले प्रहरी कर्मचारीहरुलाई मानव अधिकारको संरक्षण गर्दै विभिन्न किसिमका हुल दंगा, चक्का जाम, घेराउ, धर्ना जस्ता सम्वेदनशील, असामाजिक तथा आपराधिक गतिविधिहरुको नियन्त्रण गर्ने कार्यमा बल प्रयोग गर्दा बल प्रयोगका सिद्धान्तलाई पालना गरी स्थितिलाई सामान्य बनाउने कार्य प्रहरीको दायित्व भएकोले त्यस्तो गतिविधिमा आफ्नो बुद्धि र विवेक तथा कमाण्डरको आदेश निर्देशनको समेत अक्षरस पालना गर्न निर्देशन दिनु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा उहाँले बिशेष सुरक्षा गण दुहबीको परिसरमा बृक्षारोपन (रुद्राक्ष) समेत गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षक ऋषिराम कंडेल समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर