Aamsanchar

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण

Author Image
बिहिवार, माघ १८, २०८०

बिराटनगर-  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले बुधबार नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा कक्षा कोठाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले शिक्षा प्रणालीलाई समय सापेक्ष अनुरुप स्तरोन्नति गर्दै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादनमा नेपाल पुलिस स्कुल सफल विद्यालयको रूपमा स्थापित हुनुपर्ने बताउदै बिद्यालयका प्रिन्सिपल र अन्य शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।

उहाँले बिद्यार्थीहरुको रेखदेख स्कुलको पहिलो प्राथामिकता रहेको हुँदा उनिहरुको सुरक्षामा दत्त चित्त भएर लागी पर्न र बिद्यार्थीहरुलाई शान्त वातावरणमा अध्यापन गराउने कार्यमा लागि पर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो । साथै स्कुलको विविध पक्षको स्तरोन्नतिको लागि कोशी प्रहरी प्रहरी कार्यालय सदैव प्रतिबद्ध रहने ‍बताउनुभयो । निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक मनोज यादव, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षक ऋषिराम कंडेल सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । साथै उहाँले सोही दिन नेपाल प्रहरी प्रदेश कार्यालय बिधिबिज्ञान प्रयोगशाला धरान, प्रदेश प्रहरी केनाईन शाखा धरान र आसरा सुधार केन्द्र पानवारी धरानको समेत निरीक्षण भ्रमण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)