Aamsanchar

पोखराको लेकसाइडमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा ६ जना पक्राउ

Author Image
बिहिवार, माघ १८, २०८०

कास्की- पोखराको लेकसाइडमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराका सुदीप अर्याल, सन्दीप गिरी, सुमन शर्मा, नेत्रबहादुर प्रधान, सुशील महतो र रञ्जन पौडेललाई पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले बताउनुभयो । पोखरा ६ लेकसाइडको हल्लनचोक एरियामा पर्यकटहरुलाई दुःख दिने, बाटो छेक्ने, निजहरुको ब्याग तान्ने, होटल मिलाइदिन्छौं भनी पैसाको बार्गेनिङ गर्दै गरेको आरोपमा पक्राउ गरिएको हो ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर