Aamsanchar

युरोपियन मुलुक पठाउँछु भनेर ६ सयभन्दा बढी नागरिकको ६९ करोड ठगि गर्ने पक्राउ

Author Image
बिहिवार, माघ १८, २०८०

काठमाडौँ – नेपाल प्रहरीले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा विकाश वाइबा भनिने सुजन तामाङ पक्राउ गरेको छ । उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले ललितपुर लेलेबाट तामाङलाई पक्राउ गरेको हो । नुवाकोट घर भएको तामाङले युरोपियन मुलुक पटाउँछु भनेर ६९ करोड ठगि गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनले आफ्नै विकाश बाइवाको नामबाट ३७ करोड र सुजन तामाङको नामबाट ३२ करोड ठगी गरेका थिए । तामाङलाई पक्राउ गरेको जानकारी पाएसँगै उपत्यका अपराध अनुसन्धान कार्यालयमा सय जनाभन्दा बढीको भीड लागेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)