Aamsanchar

‘दश मेगावाटको सौर्य परियोजना ‘झापा इनर्जी’ उद्घाटनको मिति तोकियो

Author Image
बिहिवार, माघ १८, २०८०

बिर्तामोड । पूर्वी नेपालकै ठूलो सौर्य परियोजना ‘झापा इनर्जी’ उद्घाटनको तयारी गरिएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–४ मा रहेको झापा इनर्जीको परियोजनाको उद्घाटन यही माघ २३ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको आज आयोजित पत्रकार भेटघाटनमा झापा इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

सोलार प्यानलमार्फत उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको छ । यहाँबाट उत्पादित विजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइरहेको उनले बताए ।

परियोजनामा ८० करोड लगानी छ भने २७ बिगाहा जमिनमा सोलार प्यानल तथा आवश्यक भौतिक संरचना निर्माण गरिएको छ । आयोजना र प्राधिकरणबीच २०७८ मंसिर १२ मै विद्युत खरिद, बिक्री प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले गर्ने सम्झौता भएको थियो ।

झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवासहितको सक्रियतामा चार वर्षअघि सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास २०७८ सालमा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए ।

कम्पनीका अध्यक्ष साँवाले नेपालमा विद्युत उर्जा उत्पादनको ११४ वर्षमा तीन हजार मेगावाट मात्र उत्पादन भइरहेको भन्दै यो प्लान्टले नेपालको उर्जा क्षेत्रमा एउटा नयाँ आयाम थपेको दावी गरे ।

नेपाल विद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परीक्षण प्रसारणको ३५ दिनमा ८ लाख वाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जनाए । उनले हाल ६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थप भए पनि मौसम सफा भएको समयमा १० मेगावाट उत्पादन हुने बताए ।

कम्पनीका प्रबन्ध निर्देशक नारायण प्रसाद पोखरेलले माघ २३ गते हुने उद्घाटनका लागि सबै तयारी भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर