Aamsanchar

४०० रुपैयाँले बढ्यो सुनको भाउ

Author Image
मङ्गलवार, जेठ १९, २०८३


काठमाडौं – स्थानीय बजारमा मंगलबार (जेठ १९)सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख ११ हजार ३०० रुपैयाँ कायम छ । सोमबार (जेठ १८) छापावाल सुन प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर