![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/New-Project-20.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
पोखरा – लाटोकोसेरो तथा हुचिल लगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिन पर्वतको जलजला गाउँपालिका ५ लेकफाँटमा माघ १९ र २० गते लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी गरिएको छ। ११ औं लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सवको आयोजना गरिएको हो। नेपालमा विगत दश वर्ष अघिदेखि नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव हुँदै आएको छ। लाटोकोसेरो तथा हुचिलको विदेशमा चोरी निकासी हुँदै आएको अध्ययनले देखिएपछि प्रकृतिका साथीहरु नामक संस्थाले नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव गर्दै आएको प्रकृतिका साथी नामक संस्थाका निर्देशक राजु आचार्यले बताए। संस्थाले ४६ जिल्लामा गरेको अध्ययन अनुसार नेपालमा वार्षिक २ हजार लाटोकोसेरो विदेश चोरी निकासी हुने पाएको बताइएको छ।
महंगोमा बिक्री हुन्छ भन्ने भ्रममा परेर लाटोकोसेरो छोप्ने, मार्ने, घर घरमा बेच्ने हुँदै आएको पाइएपछि संरक्षण उत्सवको आयोजना गरिएको उनले बताए। लाटोकोसेरो बिक्री वितरण गैरकानुनी हो भन्ने पनि उत्वसमा सचेतना कार्यक्रम गरिन्छ। अवैध व्यापारको मारमा परी नेपालमा ठूलो प्रजातिका लाटोकोसेरो हुचिल, हाप्सिलो, महाकौशक, भासोलुक लगायतका लाटोकोसेरो संकटापन्न रहेको बताइएको छ। लाटोकोसेरोका बासस्थान बिनास, लाटोकोसेरोले बास बस्न मन पराउने ठूला र बूढा रुखहरु कटानी, पुराना घरमा बनाइने खोपीहरुमा बस्ने र सन्ता उत्पादन गर्ने लाटोकोसेरोमैत्री संरचनाको ठाउँमा नयाँ आधुनिक घरहरु लगायत प्रतिकल वातावरणका कारण पनि सहरमा लाटोकोसेरो कम देखिन थालेका छन्। लाटोकोसेरो लोप हुने अर्को कारण भनेको सुरक्षित आहाराको कमी, कृषिमा प्रयोग हुने रासायतिक मल तथा विषालीको बढ्दो प्रयोग पनि रहेको संरक्षण विद डा हुम गुरुङ बताउँछन्। नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन्। तीमध्ये ९ प्रजाति राष्ट्रिय रुपमा संकटापन्न अवस्थामा रहेको अध्ययनले देखाएको बताइएको छ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
लाटोकोसेरोले मुसा खाएर किसानको बाली नाली जोगाउन भूमिका खेल्छ। यसैले लाटोकोसेरोलाई किसानको साथी पनि भनिन्छ। गोठे लाटोकोसेरोको एउटा परिवाले एक प्रजनन अवधिमा करिब ३ हजार मुसा खाने अध्ययनहरुले देखाएको आचार्य बताउँछन्। यसको साथै अन्य हानिकारक कीरा, फट्यांग्रा, सर्प, छेपारो लगायतका जीबलाई आहाराको रुपमा खाएर लाटोकोसेरोले पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न र सनातन खाद्यचत्रलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने आचार्यले बताए।
लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि समुदाय र सरोकारवाला निकायहरुलाई सुसूचित र संरक्षणमा लाग्न प्रेरणा दिन उत्सवको अयोजना गरिएको हो। प्रत्येक वर्ष फरक फरक जिल्लामा लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव हुँदै आएको छ। हालसम्म धादिङ, चितवन, नवलपरासी, गोरखा, कपिलवस्तु, दोलखा, कास्की, खोटाङ, स्याङजा, कैलालीमा संरक्षण उत्सव भइसकेको छ। पर्वत जिल्लाको जलजला गाउँपालिका ५ लेकफाँट, लाप्रेमा माघ १९ र २० गते लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव हुन लागेको हो।
लाटोकोसेरो संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागले दश वर्षे लाटोकोसेरो तथा हुचिल संरक्षण कार्ययोजना ९सन् २०२०–२०२९० लागू गरेको छ। यस योजनाले लाटोकासेरो संरक्षण र चोरीसिकार नियन्त्रणमा लाग्ने बताइएको छ। लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सवले समुदाय स्तरमा लाटोकोसेरोको महत्व बुझाउन र संरक्षणमा लाग्न महत्वपूर्ण हुने संरक्षण विद् बताउँछन्।