Aamsanchar

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना अभियोगमा अरुण चौधरी र अजित नारायणसिंह थापालाई चार दिन थुनामा राख्न दिइयो अनुमति

Author Image
बिहिवार, माघ १८, २०८०

काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरी चाँदबाद विद्यालयका नाममा सारेको अभियोगमा बिहीबार प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो। उक्त प्रकरणको अनुसन्धानका लागि अदालतले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई चार दिन थुनामा राख्न अनुमति दिएको हो।

प्रहरीले चौधरी ग्रुप अन्तरगतको सिजी होल्डिङका प्रबन्ध निर्देशक समेत रहेका अरुण चौधरीलाई बिहीबार राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर