Aamsanchar

चोरी गरेको अभियोगमा इलामका एक युवा प*क्राउ

Author Image
बिहिवार, माघ १८, २०८०

इलाम । फाकफोकथुम गाउँपालिका-१ याक्साघरे बस्ने ७८ वर्षीय बुद्धिमान लिम्बुको घरबाट साढे ३ तोला बराबरको सुनको गहना र नगद १ लाख रूपैयाँ चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश साँवा (लिम्बू) लाई प्रहरीले पक्राउ गरेको छ ।

बुद्धिमानको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रकाशलाई चोरी भएको सुनसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर