Aamsanchar

नक्कली नोटसहित दुई जना पक्राउ

Author Image
शुक्रवार, माघ १९, २०८०

सर्लाही – नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटका ३६ वर्षीय संजय सहनी र सर्लाहीका २३ वर्षीय अमरेन्द्र महरा छन्। प्रहरीको विशेष टोलीलीले उनीहरूलाई पूर्व-पश्चिम राजमर्गतअन्तर्गत कडरियाबाट पक्राउ गरेको हो।

राजमार्गमा चेकजाँचका क्रममा उनीहरूको साथबाट नक्कली नोट फेला परेको थियो। इलाका प्रहरी कार्यायका प्रहरी निरीक्षक अनिलराज गिरीले नक्कली नोटजस्तो देखिने एक हजारको १७२ थान फेला परेको बताए।

उनीहरूको साथमा ७६० रुपैयाँ सक्कली नोट र ८१० मिलिग्राम लागुऔषधसमेत बरामद गरिएको छ। उक्त नक्कली नोट २१ वटा बन्डल बनाएर झोलामा राखेर लैजाँदै गर्दा प्रहरीले फेला पारेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)