Aamsanchar

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Author Image
शुक्रवार, माघ १९, २०८०

काठमाडौं –मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका करिब ७ बजेर ४० मिनेटमा मनहरी गाउँपालिका–६, सुनादेवी मन्दिरअगाडि सो दुर्घटना भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ना७ख १७९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको वाग्मती प्र.०६ ००१प४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा चेपाङ घाइते भएका थिए ।

उपचारका निम्ति उनलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको थियो । उपचारका क्रममा बिहीबारै बेलुका उनको मृत्यु भएको हो । उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर